बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

बंगलादेश सरकारले लगायो अवामी लिगमाथि प्रतिबन्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ वैशाख, २०८२ मा प्रकाशित
बंगलादेश सरकारले लगायो अवामी लिगमाथि प्रतिबन्ध
ढाका, वैशाख २८ :

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाएको छ । मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले प्रचारप्रसारलगायत अवामी लिगका सबै गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

अवामी लिगका नेता कार्यकर्ताहरूलाई सामाजिक सञ्जाललगायतका अनलाइन प्लाटफर्ममा विभिन्न प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ ।  सल्लाहकार परिषद्को विशेष बैठकले आतंकवादविरोधी कानुनअन्तर्गत उक्त निर्णय लिइएको हो ।

सरकारले देशको सुरक्षा, सम्प्रभुता, जुलाई आन्दोलनका नेता कार्यकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि उक्त निर्णय लिइएको दाबी गरेको छ । केही दिनदेखि बंगलादेशमा अवामी लिगलाई 'आतंकवादी संगठन' का रूपमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै प्रदर्शन भइरहेको थियो । यसैबीच, अवामी लिगले सरकारको निर्णय अलोकतान्त्रिक र दमनकारी भएको बताएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार