सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

सैनिक कल्याणकारी कोष घोटाला : पूर्वजमदार थापा कारागार चलान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ वैशाख, २०८२ मा प्रकाशित
सैनिक कल्याणकारी कोष घोटाला : पूर्वजमदार थापा कारागार चलान
काठमाडौं, वैशाख २८ :

सैनिक कल्याणकारी कोषबाट २ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम अपचलनको आरोपमा पक्राउ परेका नेपाली सेनाका पूर्वजमदार आत्मराम थापा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बीमा शाखाबाट २०७३ देखि २०७५ को बीचमा उक्त रकम अपचलन भएको थियो।

अनुसन्धानका क्रममा थापाले तत्कालीन सहायक रथी रोशन खड्का, सेनानी बोधराज कार्की र प्रमुख सेनानी लक्ष्मण अधिकारीको संलग्नता रहेको बयान दिएका छन्। अधिकारी फरार छन् भने खड्का र कार्कीमाथि आन्तरिक छानबिन भइरहेको सेनाले जनाएको छ। थापाविरुद्ध आपराधिक विश्वासघातको अभियोगमा मुद्दा दायर गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार