काठमाडौं, वैशाख २८ :

राष्ट्रिय सभाको आज (आइतबार)को बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । 

सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।  त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।

नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल सुरु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्‌को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।