बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

बुद्ध जयन्तीका अवसरमा राष्ट्रपतिद्वारा दीप प्रज्वलन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ वैशाख, २०८२ मा प्रकाशित
बुद्ध जयन्तीका अवसरमा राष्ट्रपतिद्वारा दीप प्रज्वलन
काठमाडौं, वैशाख २९ :

राष्ट्रपति रामचन्द्र पौडेल बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औं बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सहभागी बने ।

उनले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गरेका थिए । त्यसअवसरमा पौडेलपत्नी सबिता पनि उपस्थित थिइन् ।

कार्यक्रममा राष्ट्रपति पौडेललाई गुरु र गुठीका पदाधिकारीले स्वागत गरेका थिए ।

आज देशभर विविध कार्यक्रमका साथ २५६९औं बुद्ध जयन्ती मनाइँदै छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार