
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई तत्काल रिहाको माग गरेका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत उनीसहित ‘आस्थाका सबै बन्दी’ लाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
‘सरकार झन्झन् निरंकुश र असहिष्णु बन्दै छ । फरक विचार बोकेकै कारण रवीन्द्र मिश्र, दुर्गा प्रसाईं, पशुपति खड्का, मनीन्द्रराज भण्डारी, सन्तोष सिलवाल, कमल विष्ट लगायतलाई सरकारले विनाकारण डेढ महिनादेखि थुनामा राखेको छ,’ सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘यसैबीच शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई पनि पक्राउ गरेको छ । आस्थाका सबै बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दछु ।’
काठमाडौँको तीनकुनेमा गत चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा बस्नेत संलग्न रहेको प्रहरीको आरोप छ । काठमाडौंको सुकेधाराबाट प्रहरीले आइतबार बस्नेतलाई पक्राउ गरेको हो ।