
वैशाख २९ :
काठमाडौंको सुन्धारा नजिकै दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
बा.३४ प ४३२० नम्बर र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल सोमबार एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । त्यस दुर्घटनामा मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर सख्त घाइते भएका गुरुङलाई उपचारका लागि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका अर्का मोटरसाइकल चालक र सवार व्यक्तिको ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।