शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

सुन्धारा नजिकै दुईवटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ वैशाख, २०८२ मा प्रकाशित
सुन्धारा नजिकै दुईवटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु
वैशाख २९ :

काठमाडौंको सुन्धारा नजिकै दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । 

बा.३४ प ४३२० नम्बर र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल सोमबार एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । त्यस दुर्घटनामा  मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर सख्त घाइते भएका गुरुङलाई  उपचारका लागि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका अर्का मोटरसाइकल चालक र सवार व्यक्तिको ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार