
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल निदाएका छन् ।
आइतबारको बैठकमा अर्थमन्त्री पौडेलले आफैँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । तर छलफलका क्रममा विभिन्न सांसदहरूले धारणा राखिरहँदा अर्थमन्त्री पौडेल निदाएको तस्विरमा प्रस्टैसँग देखिन्छ।
सांसदहरूको अभिव्यक्तिका क्रममा बारम्बार आँखा चिम्लिएका उनलाई केहीबेर निध्रामा गएकोजस्तो देखिएको थियो । प्रतिनिधिसभामा प्रस्तुत विधेयकमाथि अर्थमन्त्री स्वयंले सजग भएर छलफल सुन्नुपर्ने अपेक्षा गरिए पनि उनी निदाएको दृश्यले आलोचना निम्त्याएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयकमा प्राथमिकता र सिद्धान्तबारे संसदमा व्यापक बहस भइरहेको छ । यस्तो संवेदनशील विषयमाथि छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीकै असजगता देखिनुले सरकारको गम्भीरता कति छ भन्ने प्रश्न उठाएको छ ।
