मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र सेयर बजार

१५ अंकले घटेको सेयर बजारमा साढे ९ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० वैशाख, २०८२ मा प्रकाशित
१५ अंकले घटेको सेयर बजारमा साढे ९ अर्बको कारोबार
काठमाडौं, वैशाख ३० :

साताको तेस्रो कारोबार दिन सेयर बजार १४.८७ अंकले घटेको छ । योसँगै नेप्से २६३४.२३ विन्दुमा रोकिएको छ ।

यस्तै (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स १.४१ अंकले ओरालो लागेर ४४४.७२ अंकमा झरेको छ । आजको दिनमा ३१४ कम्पनीको एक लाख दुई हजार ४४५ पटकको कारोबारमा दुई करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच भए ।

जसअनुसार कारोबार रकम ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा तीनवटाको सूचक बढ्दा बाँकी सबैको घटे ।

विकास बैंक समूहको सूचक ४७.३४ अंक, जीवन बिमा समूहको १२७.३८ र उत्पादनमूलक समूहको सूचक २४.८४ अंकले बढे ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड परेको छ । यी दुवै कम्पनीका सेयर मूल्य १०/१० प्रतिशतले बढे । बढी गुमाउने कम्पनीको सूचीमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा युनिभर्सल पावर कम्पनी लिमिटेड परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार