
काठमाडौं, वैशाख ३० :
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाखभन्दा बढी बिगो माग गर्दै पूरक अभियोजन दर्ता गरिएको छ।
सहकारीकी तत्कालीन सहसचिव राईले रकम अपचलन गरेको आरोपमा सहकारी ठगी र संगठित अपराध अन्तर्गत मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले जनाएको छ।
२० जनाको जाहेरीका आधारमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा राईसहितका अन्यलाई प्रतिवादी बनाइएको छ।