बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

महोत्तरीबाट ५९ किलो गाँजा बरामद

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० वैशाख, २०८२ मा प्रकाशित
महोत्तरीबाट ५९ किलो गाँजा बरामद
महोत्तरी, वैशाख ३० :

प्रहरीले महोत्तरीको बथनाहाबाट ठुलो मात्रामा प्रतिबन्धित गाँजा बरामद गरेको छ । मनरासिस्वा नगरपालिका–९ बथनाहाबाट ५९ किलोग्राम गाँजा बरामद भएको शसस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीको पैदल गस्ती टोलीलाई देखेपछि गाँजा तस्कर र भरिया पोका छोडेर भागेका थिए । ७  वटा पोका खोलेर हेर्दा गाँजा फेला परेको प्रहरीले जनाइएको छ । बीओपी बथनाहाका सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्काको कमान्डमा रहेको प्रहरीको टोली नियमित गस्तीमा जाँदै थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार