
काठमाडौं, वैशाख ३१ :
काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका अनलाइन राइड सेयरिङ सेवाले मनपरी भाडा लिएको भन्दै त्यस विषयमा संसद्मा प्रश्न उठेको छ ।
प्रतिनिधिसभाको बुधबार बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बस्नेतले कर नतिरी अर्बौं ठगी गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले इनड्राइभ जस्ता सेवाहरूले नियमनबिनै सेवा दिँदै आएको बताए। ‘काठमाडौं उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकसँग मनपरी भाडा लिएर ठगी गरेका छन् ,’उनले भने,‘सरकारलाई एक पैसा कर नतिरी अर्बौं ठगी गरिरहेको विषयमा सरकारको ध्यान जाओस् ।’
उनले आन्तरिक हवाइ सेवाहरूले यात्रुलाई घण्टौं कुर्न बाध्य बनाउने, उडान रद्द हुँदा जिम्मेवारी नलिने प्रवृत्तिप्रति पनि सरकारको ध्यानाकर्षण गराए।