काठमाडौं, वैशाख ३१ :

काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य माया राई १० लाख धरौटीमा छुटेकी छन् ।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आजै उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । 

स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा फरार रहेकी सांसद राईलाई दुई साताअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  कपनबाट पक्राउ परेकी थिइन्।

सांसद राई स्वर्णलक्ष्मी सहकारीकी सहसचिव थिइन्।उनी भोजपुरकी समानुपातिक सांसद हुन् । सरकारी वकिलको कार्यालय काठमाडौंले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

रास्वपाका सभापति रवि लामिछाने पनि सोही सहकारी प्रकरणमा ६० लाख धरौटीमा छुटेका हुन् । त्यति बेला माया राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको आलोचना समेत भएको थियो ।