धादिङ, वैशाख ३१ :
धादिङबाट पोखरा जाँदै गरेको एक इभी (विद्युतीय सवारी) गाडी आज कास्कीको लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये एक जनाको मात्र सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले झाङमाया गुरुङको मात्र सनाखत भएको र अन्य दुई जनाको नाम खुल्न बाँकी छ।
दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरु मध्ये ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। अन्यको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, हावाहुरी र वर्षासँगै तीव्र गतिका कारण ग १ ज ८६३० नम्बरको गाडी अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान