नेपाली बजारमा आज (बिहीबार) सुनचाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुन प्रतितोला एक लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो (बुधबार) सुन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । योसँगै आजको दिनमा सुनको मूल्य प्रतितोला ३५ सय रुपैयाँले घटेको छ ।
यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।