
काठमाडौं, जेठ १ :
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकको जिम्मेवारी हेरफेर गरेका छन् ।
काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ ।
यसरी परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः नवीन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए ।
अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापति, दलबहादुर कार्की, विनोदकुमार राजभण्डारी र रोजिना श्रेष्ठ संयोजक तोकिएको महानगरले जनाएको छ ।