काठमाडौं, जेठ २ :

काठमाडौंको मध्य बानेश्वनजिकै कारको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका ३१, कात्यानी चोकस्थित सडकमा भिमसेनगोलातर्फ जाँदै गरेको बा.प्र ०१-३१ च ९५६३ नम्बरको कारले शुक्रबार बिहान ठक्कर दिँदा सोही ठाउँमा डेरा गरी बस्ने भारतीय आलोककुमार झाका ३ वर्षीय छोरा शिवांशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट घाइते शिवांशको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ का ५५ वर्षीय कारचालक रमेशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।