बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

विश्व पौडेलविरुद्धको रिट सर्वोच्चले गर्‍यो दरपिठ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ जेठ, २०८२ मा प्रकाशित
विश्व पौडेलविरुद्धको रिट सर्वोच्चले गर्‍यो दरपिठ
काठमाडौं, जेठ २ :

विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नबाट रोक्न माग गर्दै पेस भएको रिटलाई सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ ।

सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्ध दायर रिट निवेदन दरपिठ गरेका हुन् ।

‘विपक्षीले कुन कारणले सामूहिक हक-अधिकारको हनन भएको भन्ने रिट निवेदनमा खुलाउन नसकेको देखायो,’ दरपिठ निर्णयमा उल्लेख छ, ‘विपक्षीलाई गभर्नर सिफारिस समितिले गभर्नर पदमा सिफारिस गरेको अवस्था नदेखिएको र अनिश्चित विषयमा निवेदन दर्ताका लागि निवेदन पेस भएकाले दरपिठको आदेश भएको छ ।’

पौडेललाई गभर्नर नियुक्त गर्न लागिएको र उनको योग्यता नपुग्ने दाबी गर्दै अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले रिट पेस गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार