बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार गण्डकी प्रदेश

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ जेठ, २०८२ मा प्रकाशित
सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
पोखरा, जेठ २ :

सूर्यदर्शन सहकारी ठगीको मुद्दामा उच्च अदालत पोखरामा दुई दिनदेखि जारी सुनुवाइ सकिएको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त धरौटी बढी भएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

यस्तै सरकारी वकिल पनि लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेपछि दुवै निवेदनमाथि एकसाथ सुनुवाइ भइरहेको हो ।

न्यायाधीश रत्नबहादुर बागचन्द र मिलनकुमार राईको इजलासमा यो मुद्दा बिहीबारदेखि नै सुनुवाइ भइहरेको हो । अब बाँकी प्रतिवादीका तर्फबाट आइतबार पनि बहस हुनेछ । लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार