काठमाडौं, जेठ ३ :

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ ।

शनिबार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा छ । युरो १ को खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा छ ।

त्यस्तै शनिबार पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा छ ।

कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १२ पैसा छ । शनिबार बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७४ पैसा छ ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने पनि राष्ट्र बैंकले जनाएको छ ।