
प्रधानमन्त्री केपी ओलीसँग कोप-२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिकाका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शिष्टाचार भेट गरेका छन् ।
प्रधाननमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको भेटमा ओलीले विश्वव्यापी साझा मुद्दा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरबैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए । उनले हिमालदेखि समुद्रसम्मको अवधारणमा ठुला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरुले साझा प्रयास चाल्नुपर्ने बताए ।
सगरमाथा संवादका लागि नेपाल आएका बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरु विश्व समुदायसमक्ष पुर्याउने बताए ।
भेटका अवसरमा नेपालका लागि अजरबैजानका गैरआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको सहभागिता थियो ।