शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

माधव नेपालले देखेको गणतन्त्रमाथिको खतरा के हो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ जेठ, २०८२ मा प्रकाशित
माधव नेपालले देखेको गणतन्त्रमाथिको खतरा के हो ?
काठमाडाैं, जेठ ३ :

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा बढिरहेको बताएका छन्।

काठमाडौँमा शनिबार आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताले उखेलेर फालेका प्रतिगामी तत्वहरू पुनः सक्रिय हुन खोजिरहेको बताए। त्यसका विरुद्ध एकजुट हुन उनले आह्वान गरे।

उनले कम्युनिस्ट आन्दोलनले जनतालाई मुक्ति दिलाएको उल्लेख गर्दै समाजवादको लक्ष्यमा पुग्न कम्युनिस्ट पार्टीबाहेक अरुले नसक्ने दाबी गरे।

कम्युनिष्ट आन्दोलनमा देखिएका विकृति र विसंगतिसँग जुध्दै नयाँ उचाइमा पुर्या‍उनुपर्नेमा उनले जोड दिए। साथै, वर्तमान परिस्थितिमा आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे गम्भीर छलफल आवश्यक रहेको उनले भनाइ थियो।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार