
धनगढी, जेठ ४ :
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामेश्वर चौधरी नियुक्त भएका छन्।
नागरिक उन्मुक्ति पार्टीका चौधरी मन्त्रीमा नियुक्त भएका हुन्। यसअघिका मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि चौधरीलाई मन्त्री नियुक्त गरिएको हो।
आर्थिक लेनदेनको विषयको अडियो बाहिरिएपछि लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए। नाउपाका संसदीय दलका नेता धनश्याम चौधरीले उनलाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।
खुसीराम चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई संसदीय दलको विधिविपरीत रामेश्वरलाई मन्त्री सिफारिस गरेकोले शपथ ग्रहण नगराउन पत्र लेखेका छन्। उनको सिफारिसलाई लिएर पार्टीभित्र विवाद सिर्जना भएको छ । यसैकारण शुक्रबार हुने भनिएको शपथ पनि रोकिएको थियो।