काठमाडौं, जेठ ५ :

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य स्थिर छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।