काठमाडौं, जेठ ५ :

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको सचिवालयका अनुसार सोमबार साँझ ५ बजेतिर मन्त्रिपरिषद् बस्ने तय भएको हो । आजको बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।

सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्वगभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन् ।

समितिको बैठक आजै बसेर गभर्नरका लागि ३ जनाको नाम सिफारिस गर्ने जनाइएको छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।

सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थविद् डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ ।

सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।