
काठमाडौं, जेठ ५ :
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी राष्ट्र चीनको साताव्यापी भ्रमणमा जाँदै छिन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको औपचारिक निमन्त्रणामा उनी जेठ १० गते बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
यस भ्रमणका क्रममा भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताहरू भेट्ने कार्यक्रम तय भएको छ। यद्यपि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भने उनको भेटवार्ता तय भइसकेको छैन।
पूर्वराष्ट्रपति भण्डारीसँगै नेकपा एमालेका केही नेताहरू पनि भ्रमण टोलीमा सहभागी हुने स्रोतले जनाएको छ। भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने र आपसी समझदारी विस्तार गर्ने रहेको बुझिएको छ।