काठमाडौं, जेठ ६ :

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्य कायम छ ।

यस्तै चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने प्रतितोला ५ रुपैयाँ घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।