काठमाडौं, जेठ ६ :

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली अस्वस्थ भएकाले संसदमा उपस्थित हुन नसक्ने जानकारी दिए । उनका अनुसार स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओली आजको बैठकमा सहभागी हुन सकेनन् ।

स्वास्थ्यमा गडबडीका कारण प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद् बैठक र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तय भएको भेटघाट पनि स्थगित गरेका थिए ।

प्रधानमन्त्रीले स्वास्थ्य अवस्था देखाउँदै पछिल्लो समय  सार्वजनिक कार्यक्रमहरूमा उपस्थिति घटाएका छन् ।