
काठमाडौं, जेठ ६ :
मकवानपुरको भीमफेदीमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । जसमध्ये तीनजनाको अवस्था चिन्ताजनक छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा बिंगर गाडी मंगलबार दिउँसो दुर्घटना भएको हो ।
मकवानपुरको चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्ष (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।