बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार

राजुनाथ पाण्डेलाई काठमाडौं महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो नभए कारबाही हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ जेठ, २०८२ मा प्रकाशित
राजुनाथ पाण्डेलाई काठमाडौं महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो नभए कारबाही हुने
काठमाडौं, जेठ ६ :

काठमाडौँ महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेको छ। प्रमुख प्रशासकीय अधिकृत (सीइओ) सरोज गुरागाईंले पाण्डेलाई ७ बुँदे पत्र पठाउँदै कार्यकक्ष प्रवेशमा अवरोध पुर्‍याएको, अमर्यादित व्यवहार देखाएको र प्रशासनिक निर्देशन नमानिएको आरोप लगाएका छन्।

गत चैत २१ गते गुरागाईं कार्यस्थलमा फर्किन खोज्दा नगर प्रहरीले अवरोध गरेको थियो। उपप्रमुख सुनीता डंगोलसहित गुरागाईं कार्यालय पुगेका थिए तर कार्यकक्षको ताला खोल्न नमानेको, हाजिर पुस्तिका कब्जामा लिएको, सवारीमा ह्विल लक लगाइएको लगायत विषयमा प्रश्न उठाइएको छ।

गुरागाईंले सात दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको जानकारी दिएका छन्। ‘चित्तबुझ्दो जवाफ आउँछ कि नाइँ, हेर्ने कुरा हो,’ उनले भने। महानगर स्रोतका अनुसार स्पष्टीकरण चित्तबुझ्दो नभए कानुनबमोजिम कारबाही अघि बढाइनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार