
सेयर बजार आज (बुधबार) ७.९४ अंकले घटेको छ । योसँगै नेप्से २,६६९.५१ अंकमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.१७ अंकले घटेर ४५०.८४ अंकमा झरेको छ ।
नेप्सेमा बुधबार ३१६ कम्पनीको ८८ हजार १२१ पटकको कारोबारमा दुई करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा तीनवटाको सूचक बढ्दा बाँकी सबै राताम्मे बने । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ३.४० अंकले बढेर १,३४३.८८ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक पनि ८.१८ अंकले बढेर ५,५१७.४१ अंकमा चढेको छ । यसैगरी सामूहिक लगानी कोष समूहको सूचक पनि ०.०३ अंकले बढेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड परेको छ । यसैगरी बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा स्वेतगंगा हाइड्रोपावर लिमिटेड परेको छ । बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा राधी जलविद्युत् कम्पनी सबैभन्दा अगाडि छ । जसको अन्तिम कारोबार मूल्य ७७१ रुपैयाँ कायम रह्यो ।