
साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से १९.४ अंकले बढेको छ । योसँगै नेप्से २,६८८.५५ अंकमा चढेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.८ अंकले बढेर ४५७.९३ अंकमा पुगेको छ ।
नेप्सेमा बिहीबार ३१४ कम्पनीको ८६ हजार छ सय ८५ पटक सेयर किनबेच भएको छ । जसबाट दुई करोड २३ लाख ९६ हजार तीन सय २९ कित्ता सेयर किनबेच भए । सोहीअनुसार कुल कारोबार रकम ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा चारवटाको बढ्दा बाँकी सबै राताम्मे रहे । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ५१.३५ अंकले बढेर १,३९५.२४ अंकमा पुगेको छ । यसैगरी लघुवित्त समूहको सूचक १२२.४९ अंकले बढेर ४,८६१.४२ अंकमा पुगेको छ ।
यस्तै निर्जीवन बिमा समूहको सूचक ०.४८ अंकले बढेर १२,५६८.३९ अंकमा चढेको छ भने सामूहिक लगानी कोष समूहको सूचक ०.०१ अंकले बढेर १९.६८ अंकमा चढेको छ । अरु सबै समूहका सूचक घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा ओम मेगाश्री फर्मास्युटिकल्स अग्र स्थानमा छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा बाराही हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा ङादी ग्रुप पावर लिमिटेड पहिलो स्थानमा परेको छ । जसको अन्तिम कारोबार मूल्य ३७९ रुपैयाँ कायम रह्यो ।