शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

फालिएका पानीका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

· मंगलबार, १९ भदौ, २०८१ मा प्रकाशित
फालिएका पानीका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दाङ, भदौ १९ :

फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका- ७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। 

तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रकमलाई न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानका संयोजक निमबहादुर बुढाथोकीले बताउनुभयो ।

सरसफाइका क्रममा भेटिएका पानीका बोतललाई सङ्कलन गरि बेचेको रकमले विद्यालयका ५० भन्दा बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार