
काठमाडौँ, भदौ १९ :
नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्दै छ ।
दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने जनाइएको छ ।
आजको बैठकको मुख्य एजेण्डा आगामी वार्षिक योजनाबारे छलफल गर्ने रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।