शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति प्रदेश कोसी प्रदेश

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : शेखर कोइराला

उनले भने, ‘राजीनामा दिँदा नैतिकता देखिन्छ।'
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : शेखर कोइराला
कांग्रेस नेता डा. शेखर कोइराला । फाइल फोटो ।
काठमाडाैं, जेठ १० :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई अध्यागमन विभागमा उठेको भ्रष्टाचारको विषयमा नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको उदाहरण दिँदै गृहमन्त्रीले पनि सोही बाटो अपनाउनुपर्ने बताए। उनले भने, ‘राजीनामा दिँदा नैतिकता देखिन्छ।'

कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको रिटायरमेन्ट क्लब जस्तो बनेको भन्दै कुलिङ पिरियड अनिवार्य हुनुपर्ने धारणा राखे ।

उनले लोकतान्त्रिक दलहरूले जनमत संग्रहबाट डराउनु नपर्ने भन्दै हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह गराउन कांग्रेस, एमाले र माओवादीले सहकार्य गर्न सक्ने बताए ।

त्यस्तै, उनले नेपाली कांग्रेसको महाधिवेशन २०८२ साल मंसिरमै गर्नुपर्ने अडान दोहोर्याउँदै कार्यकर्तालाई दबाब सिर्जना गर्न आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार