
काठमाडाैं, जेठ १० :
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए आगामी ०८४ सालको चुनावमा जनताले बढार्ने चेतावनी दिएका छन्।
काठमाडौं–८ मा शनिबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेस र एमालेजस्ता ठुला भनिने पार्टीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबिएको आरोप लगाए।
खनालले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसक्नुमा कांग्रेस–माओवादीसँग सत्ताको लागि मिल्न गएको र विगतको चुनावमा स्पष्ट एजेन्डा प्रस्तुत गर्न नसकेको स्वीकार गरे।
उनले आगामी चुनाव एक्लै लड्ने तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए। एमालेको नेतृत्व दक्षिणपन्थीहरूले गरिरहेका कारण त्यो पार्टी पतनको दिशामा गइरहेको दाबी पनि खनालले गरे।