बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा, निष्पक्ष छानबिनमा सहयोग होस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा, निष्पक्ष छानबिनमा सहयोग होस्
काठमाडाैं, जेठ १० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।

कार्यबाहक प्रवक्ता मनीष झाले गृहमन्त्री लेखकले नै विगतमा प्रश्न उठेपछि राजीनामा दिनु पर्छ भन्ने अभिव्यक्तिको स्मरण गराउँदै अहिलेको अवस्थामा पनि राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्ने माग गरेका हुन्।

गृहमन्त्रीले राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ झाले भर्चुअल रुपमा शनिबार बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै विज्ञप्तिमा गृहमन्त्री र उनको सचिवालय भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा संलग्न भएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण गराएको उल्लेख छ। 

यता, गृह मन्त्रालयले अख्तियारको छानबिनमा पूर्ण सहयोग गर्ने बताउँदै मन्त्री लेखकको संलग्नता नरहेको प्रस्ट पारेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार