काठमाडौं, जेठ ११ :

नेपाली बजारमा सुनको मूल्य एक हजार चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ लाख  ९१ हजार ८ सय रुपैयाँले कायम छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार चार सय रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा २ हजार ५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भइरहेको थियो ।