
काठमाडौं, जेठ ११ :
काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजसंस्था पक्षधरहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भएको घटनामा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले ५० जनाविरुद्ध मुद्दा दायर गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले १०८ जनाविरुद्ध मुद्दा चलाउन राय दिएकोमा सरकारी वकिलले ५० जनालाई मात्र अभियोग लगाएको हो।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराविरुद्ध राजद्रोहको मुद्दा दर्ता गरिएको छ। व्यवसायी दुर्गा प्रसाईँसहित आठ जनाविरुद्ध भने कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ।
दर्ता भएकामध्ये चार जना नाबालक छन्। उनीहरूविरुद्ध बालअदालतमा सोमबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ।