काठमाडौं, जेठ १२ :

बेइजिङमा सरकार प्रमुखसरह सम्मान प्राप्त गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) प्रमुख वक्ताका रूपमा आफ्नो सम्बोधन गर्दै छिन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएको शनिबार राति चीन पुगेकी भण्डारीको हिजो (आइतबार) बेइजिङमा सरकार प्रमुखसरह स्वागत गरिएको थियो। उनी  हिजो (आइतबार) बिहान बेइजिङ पुगेकी हुन् । १० दिने भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले सोमबार र शुक्रबार प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै छिन् ।

जसअनुसार आज (सोमबार) चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय छ ।