बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

चीनमा पूर्वराष्ट्रपति भण्डारीको विशेष सम्बोधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
चीनमा पूर्वराष्ट्रपति भण्डारीको विशेष सम्बोधन
काठमाडौं, जेठ १२ :

बेइजिङमा सरकार प्रमुखसरह सम्मान प्राप्त गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) प्रमुख वक्ताका रूपमा आफ्नो सम्बोधन गर्दै छिन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएको शनिबार राति चीन पुगेकी भण्डारीको हिजो (आइतबार) बेइजिङमा सरकार प्रमुखसरह स्वागत गरिएको थियो। उनी  हिजो (आइतबार) बिहान बेइजिङ पुगेकी हुन् । १० दिने भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले सोमबार र शुक्रबार प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै छिन् ।

जसअनुसार आज (सोमबार) चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार