काठमाडौं, जेठ १२ :

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

जसअनुसार छापावाल सुन सोमबार तोलामा एक लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने गत शुक्रबारयता स्थिर छ । सोमबार चाँदीको मूल्य २ हजार ५ रुपैयाँ नै कायम छ ।