बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेले स्पष्टीकरण बुझाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेले स्पष्टीकरण बुझाए
काठमाडौं, जेठ १२ :

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष स्पष्टीकरण बुझाएका छन् ।  स्पष्टीकरण सोधेको ६ दिनपछि पाण्डेले जवाफ दिएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै गत जेठ ६ मा पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए । 

सात दिनभित्र स्पष्टीकरण पेस नगरे वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको थियो । नगर प्रहरी प्रमुख पाण्डेले मेयर बालेन्द्र शाहको मात्र पक्षपोषण गरेको आरोप छ । 

मेयरको आदेश भन्दै पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाएका थिए । उपमेयर सुनिता डंगोल,केही वडाध्यक्ष र कर्मचारीको बलमा त्यस दिन गुरागाईंले कार्यकक्षमा प्रवेश गर्न पाएका थिए । गुरागाईंले त्यसैको बदला स्वरुप पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् भन्ने राजनीतिक वृत्तमा चर्चा छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार