सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार राजनीति भिडियो

कांग्रेस सांसद राजेन्द्र बजगाईंको आरोप- डा. शशांकले सुनको रोलेक्स घडी र ३ वटा गाडी घुस लिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
कांग्रेस सांसद राजेन्द्र बजगाईंको आरोप- डा. शशांकले सुनको रोलेक्स घडी र ३ वटा गाडी घुस लिए
काठमाडौं, जेठ १३ :

नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाईंले आफ्नै पार्टीका पूर्वमहामन्त्री एवं नेता डा. शशांक कोइरालामाथि सुनको घडी, ३ वटा गाडीलगायत सामान घुसबापत लिएको गम्भीर आरोप लगाएका छन् ।

शशांकले तीनवटा गाडी, सुनको रोलेक्स घडी र नगदसहित दुईवटा झोला घुसस्वरूप लिएको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा बजगाईंले सार्वजनिक गरेको तस्बिरमा उनी स्वयं पनि देखिएका छन् ।

‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धार वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ,’ बजगाईंले सामाजिक सञ्जालमा दुईवटा तस्बिरसहित लेखेका छन् ।

गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग विवादमा मुछिएपछि बजगाईंसहित केही नेताले छानबिनको माग गरेका थिए । तर, त्यस विषयमा पार्टी पदाधिकारी बैठकमा बजगाईंलगायत राजीनामा माग गरेका डा. शेखर कोइराला र डा. सुनील शर्मालाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव शशांक कोइरालाले राखेका थिए ।

हिजो (सोमबार) मात्र कोइरालाको उक्त प्रस्ताव सार्वजनिक भएपछि असन्तुष्ट बनेका बजगाईंले शशांकमाथि घुस लिएको भन्दै गम्भीर आरोप लगाएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री मुछिएको घटनासँगै कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको छ ।

यो पनि…

कांग्रेस पदाधिकारी बैठकमा शशांकको प्रस्ताव- शेखर, सुनील र राजेन्द्रलाई स्पष्टीकरण सोधौं
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार