बाजुरा, जेठ १३ :

बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा  जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बा.५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्कासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खड्कासँगै मृत्यु हुनेमा चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामी पनि रहेका छन् । टेलिकमको टावर मर्मतका लागि गइरहेका बेला सो दुर्घटना भएको थियो।

जिप सडकबाट ८० मिटर खसेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । साथै दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ।