शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
बाजुरा, जेठ १३ :

बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा  जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बा.५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्कासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खड्कासँगै मृत्यु हुनेमा चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामी पनि रहेका छन् । टेलिकमको टावर मर्मतका लागि गइरहेका बेला सो दुर्घटना भएको थियो।

जिप सडकबाट ८० मिटर खसेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । साथै दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार