काठमाडौं, जेठ १३ :

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन सत्तारुढ दल कांग्रेस र एमालेले माग गरेका छन्। 

सभामुख देवराज घिमिरेको पहलमा सत्ता र विपक्षी प्रमुख सचेतकबीच भएको छलफलमा उक्त माग उठेको हो। तर, माओवादी केन्द्र र रास्वपाले भने गृहमन्त्रीको राजीनामाबिना संसदमा बोल्न दिन नहुने अडान दोहोर्याएका छन्।

भिजिट भिसाको नाममा भएको मानव तस्करी प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै विपक्षी दलहरूले राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गरिरहेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा माओवादी सांसद वर्षमान पुनले गृहमन्त्रीले मार्गप्रशस्त गरेर निष्पक्ष छानबिनमा सघाउनुपर्ने बताए। रास्वपा सांसद शिशिर खनालले पनि राजीनामा र छानबिन समिति गठनको माग दोहोर्याए।