शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

१० सचिवको जिम्मेवारी हेरफेर, को-कहाँ भए सरुवा ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
१० सचिवको जिम्मेवारी हेरफेर, को-कहाँ भए सरुवा ?
काठमाडौं, जेठ १३ :

सरकारले १० जना सचिवको सरुवा गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार डा. रामप्रसाद घिमिरेलाई उद्योग मन्त्रालय, किरणराज शर्मालाई लोक सेवा आयोग, हरिप्रसाद मैनालीलाई पर्यटन मन्त्रालय, र डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै, शिक्षा सचिव दीपक काफ्ले राष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन्। प्रधानमन्त्री कार्यालयका चूडामणि पौडेल शिक्षा मन्त्रालयमा, गोविन्दबहादुर कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, महादेव पन्थ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, रघुराम विष्ट महालेखा नियन्त्रक कार्यालयमा र शोभाकान्त पौडेल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार