
प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्ने गरी संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ ।
हिजोको बैठक भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलले सदनमा अवरोध पुर्याएपछि आज बस्ने गरी स्थगित गरिएको थियो । बैठक स्थगित भएपछि संसदको अवरोध खुलाउनका लागि हिजै सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलहरुसंग छुट्टाछुट्रटै छलफल गरेका थिए। तर हिजोको छलफलमा कुनै ठोस सहमति हुन सकेन ।
आज फेरी सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । ११ बजे बस्ने संसदको बैठकअघि सभामुखले अहिले संसद भवन नयाँ वानेश्वरमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।
हिजो प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै सदन अघि बढ्न नदिने बताएका थिए ।