काठमाडौं, जेठ १४ :

सेयर बजार मापक नेप्से आज (बुधबार) बढेको छ । आज नेप्से १७.४४ अंकले बढेर २,६९३.०६ विन्दुमा पुगेको छ ।

(क) वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४.२३ अंकले उक्लिएर ४६१.२० अंकमा पुगेको छ ।

नेप्सेमा कुल ३२३ कम्पनीको दुई करोड ७५ लाख ९ हजार ५४७ कित्ता सेयर किनबेच भए । योसँगै आठ अर्ब ५८ करोड ६० लाख चार हजार तीन सय ३४ रुपैयाँको कारोबार भयो ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा चारवटाको सूचक घट्दा बाँकी सबैको सूचक बढे ।

आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भयो । नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड परेको छ । जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा बाराही हाइड्रो पावर कम्पनी लिमिटेड परेको छ ।  बाराहीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घट्यो ।