काठमाडौं, जेठ १४ :

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि (बिहीबार) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। 

अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ३ बजे बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

संघीय संसद् सचिवालयले संयुक्त बैठकका लागि भोलि दिउँसो १:४५ बजे बैठक आह्वान गरेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले बजेट प्रस्तुतिका लागि भने सहमति जनाएका छन्। संघीय संसद्को संयुक्त बैठकमार्फत नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने प्रचलन रहेको छ ।