बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सेयरबजार ३ दिन बन्द रहने

आज गणतन्त्र दिवसका दिन सरकारले सार्वजनिक बिदा दिएको हुँदा सेयरबजारसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहनेछन् । बैंकहरुको होलिडे काउन्टर भने खुल्नेछन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
सेयरबजार ३ दिन बन्द रहने
काठमाडौं, जेठ १५ :

सेयरबजार आजदेखि तीन दिन लगातार बन्द रहने भएको छ । आज (बिहीबार) जेठ १५ गते अर्थात् गणतन्त्र दिवसमा सार्वजनिक बिदा भएको हुँदा सेयर बजार खुल्ने छैन । भोलि शुक्रबार र  पर्सि शनिबार पनि सेयरबजार बन्द रहनेछ । अब एकैपटक आइतबार मात्र सेयरबजार खुल्नेछ ।

आज गणतन्त्र दिवसका दिन सरकारले सार्वजनिक बिदा दिएको हुँदा सेयरबजारसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहनेछन् । बैंकहरुको होलिडे काउन्टर भने खुल्नेछन् ।

साथै आज (बिहीबार) आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट भाषण पनि हुनेछ । हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नु पर्ने संवैधानिक व्यवस्था छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार