शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य तोलामा १५ सयले घट्यो, चाँदीको कति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
सुनको मूल्य तोलामा १५ सयले घट्यो, चाँदीको कति ?
काठमाडौं, जेठ १५ :

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै प्रतितोला १० रुपैयाँले घटेको चाँदी प्रतितोला १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार